स्पेनिस ला लिगामा बार्सिलोना र सेभिया विजयी

काठमाडाैँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र सभियाले जित निकलेका छन् । शनिबार भएको खेलमा बार्सिलोनाले इल्चेमाथि ३-२ को जित निकाल्दा घरेलु मैदानमा सेभियाले एट्लेटिको म्याड्रिडलाई २-१ ले पराजित गर्‍यो ।

बार्सिलोनाको घरेलु मैदानमा बार्सिलोनाकाले पछिल्लो पाँच खेलमा पहिलो जित निकाल्यो। बार्सिलोनाले १६औँ मिनेटमा फेरानको गोलमा अग्रता लिएको थियो । पाब्लोले १९औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा खेलमा फर्किएको इल्चेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई बराबरीमा ल्यायो । ६२औँ मिनेटमा टेटे मोरेन्टे र ६३औँ मिनेटमा पेरे मिल्लाले गोल गरेपछि खेलले रोचक मोड लिएको थियो ।

त्यसपछि ८५औँ मिनेटमा निकोले पाब्लो गाभिराको पासमा गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाए । निको ‘म्यान अफ दी म्याच’ भए । जितसँगै १७ खेलबाट २७ अंक बनाएको बार्सिलोना सातौँ स्थानमा छ । पराजित इल्चे १५ अंक सहित १६औँ स्थानमा छ ।

त्यस्तै अर्को खेलमा सेभियाले एट्लेटिकोलाई हरायो । सेभियाको जितमा इभान राकिटिक र लुकास ओकम्पोसले गोल गरे । एट्लेटिकोका फिलिपेले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा सेभियाले सातौँ मिनेटमानै अग्रता बनाएको थियो । राकिटिकले करिम रिकिकको पासमा गोल गरेका थिए ।

३३औँ मिनेटमा फिलिपेले बराबरी गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरे । फिलिपेले थोमस लेमारको पासमा गोल गरेका थिए । तर ८८औँ मिनेटमा लुकास ओकम्पोसले जुलेस कोन्डेको पास गोल गर्दै सेभियालाई जिताए ।

जितसँगै सेभियाले दोस्रो स्थान थप बलियो बनाएको छ । १७ खेलमा सेभियाको ३७ अंक छ । पराजित एट्लेटिको २९ अंक सहित पाँचौं स्थानमा झरेको छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४२ अंक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *