‘होम ग्राउण्ड’मा मनाङ ‘हिरो’

पोखरा । मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई हराउँदै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार होमग्राउण्ड पोखरा रंगशालामा भएको खेलमा मनाङले पुलिसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा मनाङका अञ्जन विष्टले २ गोल गरे भने अर्को गोल निशान लिम्बुले गरे । पुलिसका तर्फबाट सुमन लामाले गोल गरेका हुन् । खेलको १० औँ मिनेटमा अन्जनको गोलबाट अग्रता लिएको मनाङलाई ३० औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै पुलिसले जवाफ फर्कायो ।

मनाङका गोल रक्षक योञ्जन लामाले डीबक्सभित्र फउल गरेपछि पुलिसलाई पेनाल्टीको अवसर दिइएको थियो । पहिलो हाफ १–१ को बराबरी खेलेको पुलिसले दोस्रो हाफमा आफूलाई सम्हाल्न सकेन र अंक मनाङलाई सुम्पियो । ७३ औँ मिनेटमा अञ्जनले फ्री किकलाई सदुपयोग गर्दै दोस्रो गोल थपे ।

पुलिसका रक्षक सन्तोष हेमरूनले १८ यार्ड बक्सको एजमा बल ह्यान्ड गरेसँगै मनाङले फ्री किक पाएको थियो । ८३ औँ मिनेटमा मनाङकै निशान लिम्बुले टिमका लागि तेस्रो गोल गरे । पुलिसलाई पराजित गरेको मनाङको १३ अंक पुगेको छ । पुलिसले पेनाल्टी सुट आउटमा गोल गरेको हो ।

योसँगै, सहिद स्मारक ए डिभिजन लिग पहिलो पटक राजधानी बाहिर भएको छ । लिगका ३ खेल पोखरामा गरिएको हो । शनिबार मनाङ मर्स्याङ्दी क्लबले पोखरा रंगशालामा पुलिस क्लब विरुद्ध प्रतिस्पर्धा गरेको हो । जारी लिगका थप २ खेल पोखरामा हुनेछन् । प्रतियोगिताका लागि गण्डकी सरकारले १० लाख दिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *