नाटककार प्रचण्ड मल्लको निधन

काठमाडौँ । लेखक तथा नाट्यकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि अस्वस्थ उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको  पारिवारिक स्राेतले जनाएकाे छ ।

मल्लको आजै आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आर्यघाटमै राखिएको थियो ।

१० वर्षको उमेर वीरगञ्जमा रामलीला देखेपछि अभिनयमा लोभिएका प्रचण्ड मल्लले ३ सयजति नाटकमा अभिनय, लेखन तथा निर्देशन गरेका छन् । उनका आधा दर्जन बढी रंगमञ्चसम्बन्धी पुस्तक पनि प्रकाशित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + four =