अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी एभर्टनसँग बराबरीमा रोकिएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सीले घरेलु मैदानमा एभर्टनसँग १-१ गोलको बराबरी खेलेको हो ।

उपाधि होडमा शीर्ष तीन टीमबिचको तीव्र प्रतिस्पर्धा रहिरहँदा चेल्सीको बराबरीले सिटी र लिभरपुललाई केही राहत मिलेको छ । चेल्सीले भने तेस्रो स्थानमा साँघुरो अग्रता बनाउने अवसर भने चुकायो ।

इंग्ल्यान्डका मिडफिल्डर मेसन मोउटले ७० औँ मिनेटमा रीस जेम्सको पासलाई सदुपयोग गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर एभर्टनले चार मिनेटपछिनै बराबरी गोल फर्कायो । १९ वर्षीय डिफेन्डर जराड ब्राथवेटले लिगमा आफ्नो पहिलो उपस्थितीमानै एन्थोनी गोर्डनको फ्रिकिकलाई सदुपयोग गर्दै गोल गरे ।

जितपछि लिभरपुलको १७ खेलबाट ४० अंक जोडेर दोस्रो स्थानमा छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ४१ अंक छ। बराबरी पछि पनि चेल्सी ३७ अंकका साथ तेस्रो स्थानमा कायम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *