न्यूक्यासलमाथि लिभरपुलको सहज जित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई धक्का लाग्दा लिभरपुल भने सिटीमाथि दबाब बढाइरहेको छ । उपाधि दाबेदारीमा लिभरपुलले न्युक्यासल सँग ३-१ को सहज जित निकाल्दा चेल्सी भने एभर्टनसँग १-१ गोलको बराबरीमा रोकियो ।

जितसँगै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अग्रता पुन १ अंकमा सीमित गर्‍यो । बिहीबार राति न्युक्यासललाई ३-१ ले पराजित गर्दा खेलमा अग्रता भने न्युक्यासले लिएको थियो । सातौँ मिनेटमानै जान्जो शेल्वेले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाए ।

तर लिभरपुलले २१ औँ मिनेटमा डियोगो जोताको गोलमार्फत खेलमा बराबरी गर्‍यो । २५ औ मिनेटमा सलाहले गोल गर्दे लिभरपुललाई अग्रता दिलाउँदा तेस्रो गोल भने ८७ औँ मिनेटमा अलेक्सेन्डर अर्नोल्डले सम्भव बनाएका थिए । लिभरपुलको जितमा स्टार स्ट्राइकर मोहम्मद सलाहले गरेको गोल सिजनमा आफ्नो २२ औँ गोल हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *