एक सरकारी विद्यालयको तरकारी खेती : एकै सिजनमा कमाउँछ १५ लाख

काठमाडौँ । हरियाली साग, बोटमा लटरम्म गोलभेडा, स्याउ, आरु, अलैँचीका बोट पनि । कुनै कृषि फार्ममा गएजस्तो महसुस हन्छ । राती परेको तुसारो बोटमा सेताम्मे छ । खेतका केही गरा खनेर बाविविरुवा लगाउन तयारी अवस्थामा थिए । विभिन्न जाताका विरुवा लगाउन केही ‘ड्याङ’ खनेर राखिएको छ । यो कुनै व्यक्तिले सञ्चालन गरेको फर्म नभएर सामुदायिक विद्यालयले गरेको कर्मको तस्बिर हो ।

निजी विद्यालयमा आकर्षण बढिरहेका बेला सीपसहितको शिक्षाका लागि अनवरत रुपमा खटिएको छ– काठमाडौँको बुढानिलकण्ठ माध्यमिक विद्यालय । ५ देखि १२ कक्षासम्म सञ्चालन गरेको विद्यालयमा १ हजार १ सय ३५ विद्यार्थी छन् । उनीहरु पनि विद्यालयको करेसाबारीमा काम गर्छन् । सरकारले ल्याएको पढ्दै कमाउँदै कार्यक्रम लागूहुने चरणमा रहेका बेला विद्यालयले गरेको कामको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रशंसा गरेका छन् ।

विद्यार्थी र शिक्षकका लागि होस्टेलको व्यवस्था भएको विद्यालयमा आईटी, विज्ञान, कृषिलगायतका विषयमा प्रयोगात्मकसहित अध्ययन हुन्छ । ‘सिक्दै, सिकाउँदै, रमाउँदै कमाउँदै’ भन्ने नाराका साथ विद्यालयले विद्यार्थीलाई जीवनउपयोगी शिक्षासहित अध्ययन गराइरहेको छ । देशकै उत्कृष्ठ नतिजा ल्याउने दावी गरेको विद्यालयले डा. महाविर पुनको सहयोगमा विज्ञान प्रयोगशालामार्फत रोबोट बनाउने काममा अनुसन्धान गरिरहेको छ । बिहीबार बिहान सोही विद्यालयको निरीक्षण गर्न गएका मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

विद्यालयले निर्वाहमुखी कृषि प्रणालीभन्दा वैज्ञानिक कृषि प्रणालीमा आधारित रहेर काम गर्नुपर्ने मन्त्रीले सुझाव दिए ।

‘विद्यालयको शैक्षिक गतिविधि राम्रो गरेको छ,’ उनले भने, ‘उत्पादनलाई बढाएर बजारीकरण हुने गरी काम गर्नुहोस् ।’ मन्त्री पौडेलले विद्यार्थीको पढाईको विषयमा जिज्ञाशा राखे ।

बुढानिलकण्ठका विद्यार्थीले जसरी अध्ययनसँगै उत्पादनमा जोड दिएका छन्, त्यसरी अन्य विद्यालयले पनि यहाँबाट केही सिक्न जरुरी छ ।’ उनले भने ।
बजारमा जमिनको अभाव भएको बताउँदै भएको जमिनलाई व्यवस्थित गरी सिक्दै कमाउँदै कार्यक्रमलाई उदाहरणको रुपमा देखाउन मन्त्रीले आग्रह गरे । विद्यालयका प्रध्यानध्यापक होमनाथ आचार्यले विद्यालयले उत्पादन गरेको तरकारी बजारीकरण गरेर आम्दानी गर्न थालेको बताए ।

‘११ सय ३५ विद्यार्थीलाई तरकारी बाहिरबाट ल्याउन पर्दैन,’ विद्यालयका प्रध्यानध्यापक आचार्य भने, ‘तरकारी खेतीबाट पहिलो सिजनमा १५ लाख आम्दानी गर्न सफल भयौँ ।’

उनका अनुसार विद्यालयले लोकल जातको विरुवा उत्पादन गरी अध्ययन अनुसन्धानका लागि आउने अनुसन्धानकर्ता फिल्डमा आएर अवलोकन गर्न पाउनेछन् ।

‘विद्यार्थीलाई विरुवा रोप्ने र उब्जी कसरी हुन्छ भन्ने सिकाउँछौं अनि विरुवा दिएर घर पठाउँछौँ,’ प्रअ आचार्यले भने । कक्षा ५ देखि १२ कक्षासम्म पढाइहुने विद्यालयलमा विद्यार्थीलाई पढाइसँगै व्यावहारिक सिप सिकाउने गर्दछ ।

निरीक्षणका लागि पुगेका शिक्षामन्त्री पौडेललाई विद्यालयको विज्ञान ल्याब बनाइदिन विद्यार्थीले आग्रह गरेका थिए । विद्यालयमा उत्पादन भएको साग तथा टमाटर शिक्षामन्त्रीलाई विद्यार्थीले ‘कोसेली’समेत दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *