खेलाडीलाई कारबाही गर्ने निर्णयको क्यानभित्रै विरोध, सदस्य लामा भन्छन्- फिर्ता लिनुपर्छ

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका चारजना खेलाडीहरुमाथि कारवाही गर्ने नेपाल क्रिकेट संघ (क्यान) को निर्णयप्रति क्यानभित्रै असन्तुष्टि बढेको छ ।

बुधबार बसेको क्यानको भर्चुअल बोर्ड वैठकले आचारसंहिता उल्लंघन गरेको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल उपकप्तान दिपेन्द्रसिंह ऐरीसहित चारजना खेलाडीलाई कारवाही गर्ने निर्णय लिएको थियो । ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाइएको छ ।

संघको निर्णयमा ६ जना बोर्ड सदस्यले असहमति जनाएका छन् । उनीहरुले निर्णयप्रति नोट अफ डिसेन्ट राखेका हुन् । वैठकमा १५ जना उपस्थित भएकोमा ६ जनाको असहमति रहेपछि क्यानले बहुमतका आधारमा निर्णय लिएको हो ।

याे पनि : के हो क्रिकेट खेलाडी र क्यानको विवाद ?

नोट अफ डिसेन्ट राख्नेमध्येका एक एक बोर्ड सदस्य छुम्बी लामाले क्यानको निर्णय गलत र पूर्वाग्रही भएकाले सहमत हुन नसकेको मकालुखबरलाई बताए । यसले नेपाली क्रिकेटलाई थप अस्थिर र अस्तव्यस्त बनाउने भएकाले आफुहरुले निर्णय सच्याउनुपर्नेमा बताएको उनको भनाइ छ ।

लामाले क्यान खेलाडीहरुको अभिभावक संस्था भएकाले खेलाडीहरुले वर्गीकरणमा त्रुटी भयो भनेका भरमा यति ठूलो कारवाही गर्नु कुनै पनि हालतमा स्वीकार्य नहुने र यो आपत्तिजनक रहेको पनि जिकिर गरे ।

थप : ज्ञानेन्द्र र दिपेन्द्रसहित क्रिकेटका चार खेलाडीलाई कारबाही, सन्दीप नयाँ कप्तान

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *