देउवालाई बधाई दिन कुलमान पुगे बालुवाटार

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई र शुभकामना दिने भीड लागेको छ । प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबारदेखि शुभकामना दिनेको भीड लागेको हो ।

आज पनि बिहानैदेखि देउवालाई बधाई दिन बालुवाटारमा लाइन नै लागेको छ । यहिबीच नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि बालुवाटार पुगेका छन् । उनले त्यहाँ दोस्रा पटक सभापतिमा विजयी भएका देउवालाई बधाई तथा कार्यकालको शुभकामना दिए ।

सभापतिका उम्मेदवार शेखर कोइरालालाई दोस्रो चरणको चुनावमा पराजित गर्दै देउवा कांग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *