छोरीको जन्मदिनको अवसरमा खाद्यान्न वितरण
२०७८ मंसिर २९ गते

काठमाडौँ । छोरी मान्यता शर्माको जन्मदिनको अवसरमा दीक्षान्त प्रकाशनका प्रबन्धक महेश शर्मा तथा सह–प्रबन्धक नम्रता शर्माले खाद्यान्न वितरण गरेका छन्।
कीर्तिपुरस्थित महिला तथा बाल विकास मञ्च नेपाल, माया घरलाई उनीहरूले खाद्यान्न वितरण गरेका हुन् । ४० जना बालबालिका रहेको माया घरलाई दाल, चामल, नुन लगायत खाद्य सामग्री वितरण गरेको प्रकाशनकी सह–प्रबन्धक नम्रता शर्माले बताइन् ।
त्यस्तै, छोरीको जन्मदिनका अवसरमा माया घरमा रहेका बालबालिकालाई बेलुकीको खाना समेत खुवाइएको पनि शर्माले बताइन् ।



२०७८ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित








