रवीन्द्र मिश्रले भने- ‘मतदाताको मन र मत परिवर्तन नभएसम्म देश परिवर्तन हुँदैन’

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मतदाताको मन परिवर्तन नभएसम्म देश परिवर्तन नहुने बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा फेरि शेरबहादुर देउवा निर्वाचित भएकोतर्फ संकेत गर्दै अध्यक्ष मिश्रले यस्तो बताएका हुन् ।

राजनीतिमा पुस्ता हस्तान्तरणको वकालत गर्दै आएका मिश्रले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘मतदाताको मन र मत परिवर्तन नभएसम्म देश परिवर्तन हुँदैन ।’ राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनलाई विजयी भएपछि बधाई दिएका उनले देउवालाई भने बधाई दिएका छैनन् ।

उनी पछिल्लो पटक संघीयता र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको वकालत गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *