सिटीले गर्‍यो लिड्समाथि गोल वर्षा

काठमाडाैँ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लिड्स युनाईटेडमाथि गोल वर्षा गरेको छ । अंक तालिकामा शीर्षस्थानमा रहेको सिटीले आफ्नो प्रभावशाली जित यात्रा जारी राख्ने क्रममा लिड्स माथि ७-० को जित निकाल्यो । जितसँगै सिटीले शीर्ष स्थानमा ४ अंकको अंक दुरी कायम गर्न सफल भयो ।

इतिहाद स्टेडियममा केभिन डि ब्रुएन चम्किएको खेलमा सिटी एकपछिय रुपमा हाबी भयो । डि ब्रुएनले २ गोल गर्दा फिल फोडेन, ज्याक ग्रेलिस, रियाद महारेज, जोन स्टोन्स र नाथनले समान १-१ गोल गरे । लिड्समाथि हाबी हुने क्रममा सिटीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल गरेको थियो ।

जितसँगै शीर्षस्थानमा रहेको सिटीको १७ खेलबाट ४१ अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुल ३७ अंकका साथ सिटीलाई पछ्याइरहेको छ । पराजित लिड्स १६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

एस्टन भिल्ला विजयी
मंगलबार राति नै भएको अर्को खेलमा स्टेभन जेराडको एस्टन भिल्लाले नर्विच सिटीलाई २-० ले पराजित गर्‍यो । एस्टन भिल्लाको जितमा ज्याकोव राम्सी र ओले वाट्किन्सले गोल गरे । जितसँगै भिल्ला १७ खेलबाट २२ अंक जोडेर नवौं स्थानमा रहेको छ । पराजित नर्विच १० अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *