बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम

काठमाडौं । नेपालका लागि युरोपको चर्चित अटो मोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ ।

अब रोडवेज लाइफस्टाइलले पश्चिमी नेपालमा स्कोडाको विक्री र विक्रीपछिको सेवाको जिम्मेवारी पाएको हो ।

नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको कम्पनीले जनाएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो ।

स्कोडाको नयाँ स्वरुमको उद्घाटन पाँच नम्बर प्रदेशका उद्योग तथा वाणिज्य मन्त्री अजय शाही र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा गरेका हुन।

‘हामी हाम्रो ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न र युरोपको चर्चित कारको पहुँचलाई प्रत्याभूत गर्न प्रतिबद्ध छौँ । उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि हामीले बुटवलमा नयाँ स्टेट–अफ–द–आर्ट स्कोडा सोरुम ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ,’ एमएडब्लु स्कोडाका रौनक अग्रवालले भने,

हाल पोखरा, नारायण घाट, विराटनगर, वीरगन्ज, बिर्तामोड, जनकपुर, धनगढी र काठमाडौँमा स्कोडाको डिलर सीप रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *