अस्ट्रेलियाको सीमा भोलिदेखि खुल्ने‚ अन्तरराष्ट्रिय विद्यार्थी पनि जान पाउने

काठमाडौँ । अस्ट्रेलियाले बुधबारदेखि अन्तरराष्ट्रिय सीमा खुला गर्ने भएको छ । अस्ट्रेलियाका प्रधान मन्त्री स्कट मोरिसनले बुधबारबाट अन्तरराष्ट्रिय सीमा खुल्ने जानकारी दिएका हुन् ।

यसका साथै प्रधान मन्त्री मोरिसनले यसअघि जारी गरिएको सीमा नीतिमा कुनै परिवर्तन नहुनेसमेत बताएका छन् ।

यसअघि अस्ट्रेलियन सरकारले डिसेम्बर एकमा खोल्ने भनिएको सीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको बारेमा अध्ययन गर्ने भन्दै दुई साता पछाडि सारेको थियो ।

प्रधानमन्त्री मोरिसनले अन्तरराष्ट्रिय विद्यार्थीलगायतका अन्य तोकिएका भिसा भएका व्यक्तिले स्वास्थ्य नियम पूरा गरी अस्ट्रेलिया आउन सक्ने विषयमा कुनै नियम फेरबदल नगरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =