टीडीओ नेपालको ‘एसएमएस गरौँ‚ बाइक जितौँ’ कन्टेस्टका विजेताहरू घोषणा

काठमाडौँ । टिडीओ नेपालले काठमाडौँमा एक समारोह आयोजना गरी ‘एसएमएस गरौँ बाइक जितौँ’ कन्टेस्टको विजेताहरूलाई पुरस्कार वितरण गरेको छ ।

टेलिनेट प्रालिका प्रमुख कार्यकारी अधिकृत नभकुर सुदले बम्पर उपहार ‘बजाज पल्सर’ विजेता गङ्गाप्रसाद शाहु तेलीलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा बोल्दै नभन्कर सुदले भने, ‘टीडीओ नेपालको एमहेल्थजस्ता पहलहरूले हरेक दिन हाम्रो सेवाको प्रयोगकर्ताहरूमा वृद्धि ल्याइरहेको छ । टीडीओ नेपालको सबै स्वास्थ्य सम्बन्धित सेवाहरू ग्राहकहरूले आकर्षक मूल्यमा रोजेको भाषा मार्फत आफ्नो घरबाट सजिलै उपयोग गर्न सक्नुहुन्छ ।’

उक्त कार्यक्रममा ‘एसएमएस गरौँ बाइक जितौँ’ कन्टेस्टका अन्य मासिक, साप्ताहिक र दैनिक विजेताहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *