ब्लाइन्ड डेटमा शिलु र गोल्डी विजेता
२०७८ मंसिर २७ गते

काठमाडौँ । युवा माझ लोकप्रिय बनिरहेकाे शो ‘ब्लाइन्ड डेट’को पहिलो सिजनको विजेता शिलु पोखरेल र किरण खाती(गोल्डी) बनेका छन् । योसँगै उनीहरुरुलाई शोको ‘किङ र क्विन’ घोषणा गरिएको छ । त्यस्तै रामप्रसाद पोखरेल र नर्वदा लकान्द्रीको जोडी वेस्ट कपल (सर्वोत्कृष्ट जोडी) बनेको छ ।
ग्राण्ड फिनालेमा देवेन्द्र राज पाण्डे र मिना बुढाथोकीको जोडी समेत पुगेको थियो । तर फिनालेमा मिना अनुपस्थित रहिन् । ६२औँ भागसम्म चलेको शोको यो घोषणा सँगै पहिलो सिजन सकिएको छ ।
२०७८ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








