दलाई लामासँग झुकाव राख्ने तिब्बती भिक्षुलाई दश वर्ष कैद सजाय
२०७८ मंसिर २६ गते

तस्बिर : रेडियो फ्री एसिया
काठमाडौँ । भारत निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामासँग झुकाव राखेको भन्दै चीनको एक अदालतले एक भिक्षुलाई दश वर्ष कैद सजाय सुनाएको छ ।
भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार गो सेराब ग्यात्सो नाम गरेका ती भिक्षुलाई सजाई तिब्बतको एक अदालतले दश वर्ष कैदको सजाय सुनाएको हो ।
ग्यात्सोले चिनियाँ शासनमा रहेका तिब्बतीहरूको बारेमा आलोचनात्मक पुस्तक तथा लेखहरू लेख्दै आएका थिए । ४६ वर्षका भिक्षु ग्यात्सोलाई कैदका लागि तिब्बती राजधानी ल्हासा नजिकैको जेलमा लगिने उनीनिकट श्रोतको हवला दिँदै रेडियो फ्री एसियाले उल्लेख गरेको छ । उनी सन् २०२० अक्टोबर २६ मा पक्राउ परेका थिए ।
२०७८ मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित








