नगरपालिका तथा अस्पताललाई अशोक लेल्याण्डको शव वाहन हस्तान्तरण

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्धित अशोक लेल्याण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ ।

कम्पनीका अनुसार ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, वेदकोट नगरपालिका कचञ्नपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण गरिएको हो ।

एक अस्पताल प्रमुखका अनुसार अहिले प्रयोग हुँदै आएको शव वाहन सानो तथा पुरानो मोडलमा आधारित रहेको र यस महामारीको समयमा थप शव वाहन आवश्यकता देखिएको हुँदा, प्रक्रिया अघि बढाएर अशोक लेल्याण्डको दोस्त मोडलमा आधारित शव वाहन खरिद गरिएको होे । खरिद गरिएको शव वाहन अहिलेसम्मकै ठूलो र फराकिलो रहेको बताए ।

आइएमई मोटर्सले शव वाहनसहित विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कम्रसियल गाडीहरु बिक्री–वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *