भारतीय प्रधान मन्त्री मोदीको ट्विटर अकाउन्ट ह्याक

नयाँ दिल्ली । भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक भएको छ । शनिबार ह्याकपछि राति झण्डै सवा दुई बजे मोदीको ट्विटर अकाउन्टबाट अनावश्यक ट्विट गरिएको थियो । ‘भारतले आधिकारिक रुपमा विटक्वाइनलाई मान्य दिएको छ । सरकारले ५ सय बिटक्वाइन बाँड्दैछ,’ ह्याकपछि मोदीको अकाउन्टबाट ट्विट गरिएको थियो । तर, सो ट्विट दुई मिनेटपछि हटाइएको थियो ।

बिहान सवा तीन बजे प्रधानमन्त्रीको कार्यलयले मोदीको ट्विटर अकाउन्ट ह्याक भएको जनाउँदै केही समयमा नै ह्याकरबाट नियन्त्रणमा लिएको जनाएको थियो । प्रधानमन्त्रीको ट्विटर ह्याकबारे अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 4 =