बालबालिकालाई मोडर्ना खोप लगाउने तयारी 

काठमाडौँ । हुम्लाका १८ वर्षमुनिका साढे नौ लाख बालबालिकालाई मोडर्ना खोप लगाउने तयारी थालिएको छ । कोरोना महामारीको सम्भावित जोखिम न्यूनीकरणका लागि बालबिालिकाहरुलाई मोडर्ना खोप लगाउन लागिएको हो ।

हाल ९ हजार ६२१ बालबालिकालाई कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले हुम्लाले जनाएको छ ।  सो खोप आगामी पुष ४ गतेदेखि १४ गतेसम्म लगाइने भएको हो ।

उक्त खोप लगाउन जिल्लाका ७ वटा गाउँपालिकामा एक सय वटा खोप केन्द्र तोकिएको छ । यसका लागि एक जना खोपसम्बन्धी दक्षता हासिल गरेका व्यक्ति र गाउँगाउँमा रहेका स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *