‘पिस एन्ड युनिटी म्युजिकल टूर २०२२’ हुने

काठमाडौँ । पीस एन्ड युनिटिकाको आयोजनामा ‘पिस एन्ड युनिटी म्युजिकल टुर २०२२’ हुने भएको छ । टूरमा गायक सञ्जय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रिन प्रधानसँगै गायिकाद्वय मेलिना राई र तृष्णा गुरुङ सहभागी हुनेछन् ।

‘पिस एन्ड युनिटी म्युजिकल टुर’ को यो दोस्रो संस्करण हो । यस अगाडि २०१९ मा यो टूर आयोजना भएको थियो । २०१९ को टूरमा गायक सुगम पोखरेल, अभिनेत्री वर्षा राउत र गायिका तृष्णा गुरुङले युरोपका विभिन्न देशमा आफ्नो प्रस्तुति दिएका थिए । कोरोना महामारीको कारण २०२०मा भने कार्यक्रम हुन सकेको थिएन ।

अप्रिलबाट जुनसम्म हुने टुरको सुरुवात जापानबाट हुनेछ । टूरका लागि गायक सञ्जय, दीपक र एड्रिनसहित मेलिना र तृष्णासँग आयोजकले एग्रिमेन्टसमेत गरेको छ । टूरबाट भएको आम्दानीको ८०% रकम पिस एन्ड ब्युटिफुल चिल्ड्रेन वेलफेयर नामक संस्थालाई दिइने भएकाले टूरका लागि छानिएका कलाकार कम पारिश्रमिकमा छनौट भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =