एमजी हेक्टर नेपाली बजारमा, सुरुवाती मूल्य ५९.९९ लाख

काठमाडौँ । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले आफ्नो नक्साल शोरुममा बिहीबार एक औपचारिक कार्यक्रमकाे गरी बहु–प्रतिक्षित हेक्टर एसयूभी कार सार्वजनिक गरेको छ ।

कार्यक्रममा गाडीको मूल्य सार्वजनिक गर्नुको साथै ग्राहकलाई गाडीको चाबी हस्तान्तरणसमेत गरिएको थियो ।

कम्पनीका अनुसार १.५ लिटर टर्बोचार्ज्ड इन्टरकूल इन्जिनयुक्त हेक्टर साइन एमटी र सीभीटी दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मूल्य ५९ लाख ९९ हजार र हेक्टर सीभीटीको मूल्य ६४ लाख ९९ हजार रहेको छ ।

सुरक्षा, शैली र कार्यक्षमताका हिसाबले हेक्टर इन्डियामा पहिल्यैबाट प्रशंसित छ । एसयुभि क्याटेगरीमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरू छन् जसले हेक्टरलाई बेन्चमार्कको रुपमा खडा गरेको छ ।

एसयूभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने दाबी गरिएको छ । भारतमा बनेको यो एसयूभी नेपालस्थित सम्पूर्ण डिलरमामा उपलब्ध छन् । यो हेक्टरको नयाँ मिड–स्पेक भेरियन्ट हो जुन बजारमा उपलब्ध मिड साइज एसयुभिहरुको लो–स्पेक र टप–स्पेक ट्रिमहरू बीचमा छ ।

कम्पनीका अनुसार एमजी हेक्टर नेपालमा अत्यधिक माग भएको बहु–प्रतिक्षित एसयुभि हो । एमजी हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधाहरूले ग्राहकहरूको अपेक्षालाई सम्बोधन गर्ने विश्वास गरिएको छ । यसको नयाँ मोडलले एसयुभीको छविलाई सुदृढ पार्दै परिमार्जित एसयूभी चढ्ने ग्राहकको चाहना पनि पूरा गर्नेछ ।

कार्यक्रममा जोन्टा क्लब अफ काठमाडौं र पारामाउन्ट मोटर्स प्रालिबीच सहकार्य पनि भएको थियो । आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एउटा हिस्सा अन्तर्गत पारामाउन्टले जोन्टा क्लब अफ काठमाडौंलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । जोन्टा क्लब अफ काठमाडौंले यो सहयोग रकमलाई घरेलु हिंसा, कार्य–स्थलमा हुने हिंसा, सार्वजनिक स्थलमा हुने हिंसा र बालविवाह विरुद्ध आवाज उठाउनु पर्ने कुरामा विशेष जोड दिँदै सचेतना अभियान सञ्चालन गर्न प्रयोग गर्नेछ ।

सोही दिन आयोजित सम्झौता सत्र हस्ताक्षर समारोहमा पारामाउन्ट मोटर्सले जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छालाई नगद रु. १० लाखको चेक हस्तान्तरण गर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *