भारतीय रक्षाध्यक्ष रावतको निधनमा नेपाली सेनाद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । भारतीय सेना प्रमुख विपिन रावतको निधनमा नेपाली सेनाले श्रद्धाञ्जली व्यक्त गरेको छ । भारतीय सेना प्रमुख रावत, उनकी पत्नीसहित ११ जनाको बुधबार तमिल नाडुस्थित कन्नुरमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो । बुधबार राति ट्वीटमार्फत् नेपाली सेनाले भारतीय सेना प्रमुख रावतसहित दुर्घटनाबाट दिवङ्गत आत्माको चीर शान्तिको कामना गरेको हो ।

‘प्रधान सेनापति महारथी प्रभुराम शर्मा तथा नेपाली सेनाका सकल दर्जा जनरल विपिन रावत, श्रीमती रावत र अन्य ११ जनाको असामयिक निधनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दछ ।’, नेपाली सेनाले भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *