नाडा निर्वाचन : मतदान हुँदै, चौधरी र थापा प्यानल मैदानमा

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व चयका लागि बिहीबार निर्वाचन कार्यक्रम अनुसार मतदान भइरहेको छ । बिहान ८ बजे सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने निर्वाचन कार्यतालिका छ । त्यस्तै, ५ बजेपछि मत गणना सुरु हुने छ ।

नाडा निर्वाचनका लागि करण चौधरी र ध्रुब थापाले अध्यक्षमा आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् । नाडा निर्वाचनमा करिब ३५ सयले मतदान गर्ने कार्यक्रम छ । यो पटक मात्रै २२ सय नयाँ सदस्य थपिएका छन् ।

चौधरी समूहलाई ठूला व्यापार घराना सिप्रदी ट्रेडिङ, महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेड, हिरोको अधिकृत बिक्रेता नेपाल जेनरल मार्केटिङ, आइएमई मोटर्स, मोरङ अटो वर्क्स लगायतकाको समर्थन छ । चौधरीको प्यानलबाट सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, नेपाल जेनरल मार्केटिङका अभिक ज्योति, एमएडब्लुका मिलनबाबु मल्ल, अग्नि इन्कर्पोरेटेडबाट बरदान बस्नेत, आइएमई मोटर्सबाट निशान ढकाल उम्मेद्वार छन्।

थापा समूहसँग ठूला गाडीका अधिकृत बिक्रेता लक्ष्मी हुण्डाई, गो फोर्ड, शंकर समूहको जगदम्बा मोटर्सको समर्थन छ। थापाको प्यानलबाट लक्ष्मी हुण्डाईका कार्यकारी निर्देशक निराकार श्रेष्ठ, गो फोर्डका प्रवन्ध निर्देशक आकाश गोल्छा र जगदम्बा मोटर्सका महाप्रवन्धक दीपक अग्रवालले उम्मेद्वारी दिएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *