विल्सन विक्रम बने छोरीका पिता
मकालु खबर
२०७८ मंसिर २३ गते
काठमाडौँ । कलाकार विल्सन विक्रम राई दोस्रो पटक पिता बनेका छन् । उनकी श्रीमती सरिना लामाले दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् । राईले छोरी जन्मिएको जानकारी गराउँदै उनको नाम सभ्यता विक्रम राई रहेको समेत जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा खुसी व्यक्त गर्दै उनले छोरी बोकेको तस्बिर समेत सार्वजनिक गरेका छन् । २०७६ सालको माघ १५ गते पहिलो सन्तानका अभिभावक बनेका राई दम्पतीको त्यसको करिब दुई वर्ष पछि पुन: अर्को सन्तान जन्मिएको हो ।
मकालु खबर
२०७८ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित