चेल्सी रोकिदा युभेन्ट्स समूह विजेता

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति नै भएको खेलमा युभेन्टस समूह ‘एच’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ । अन्तिम खेलमा समूहमा चेल्सी बराबरीमा रोकिएपछि युभेन्टस समूह विजेता बन्यो ।

युभेन्टसले आफ्नो अन्तिम खेलमा माल्मोलाई १-० ले पराजित गर्दै १५ अंकका साथ शीर्ष स्थानमा रह्यो । अर्को शीर्ष स्थानको दाबेदार मानिएको इंग्लिस क्लब चेल्सी भने जेनिट सेन्ट पिटर्सवर्ग सँग ३-३ गोलको बराबरीमा रोकियो ।

युभेन्टसका लागि १८ औ मिनेटमा पूर्व एभर्टन स्ट्राइकर मोइसे केनले फेडेरिको बर्नारडेस्चीको क्रसलाई आकर्षक हेड गर्दे अग्रता दिलाएका थिए । जुन अग्रता नै निर्णायक बन्यो । माल्मो भने समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

समूह विजेता भएसँगै युभेन्टसले नकआउटमा कम्तीमा अब म्यानचेस्टर सिटी, लिभरपुल, आयक्स, रियल म्याड्रिड, बार्यन म्युनिख र म्यानचेस्टर सिटीसँग खेल्नु पर्ने छैन । च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सोमबार स्विटजरल्यान्डमा हुने छ ।

समूहको अर्को खेलमा भने चेल्सी ३-३ को बराबरीमा चित बुझाउँदै दोस्रो स्थानमा रह्यो । वेर्नरको गोलबाट खेलको दोस्रो मिनेटमानै अग्रता बनाएको चेल्सी पहिलो हाफमानै पछि पर्‍यो । जेनिटले रोड्रिगेस परिस लियोनेलको गोलबाट ३८ औ मिनेटमा बराबरी गर्दा अजमोउनले ४१ औ मिनेटमा गोल गर्दे टोलीलाई अग्रता दिलाए ।

तर चेल्सीले दोस्रो हाफमा पुन अग्रता बनायो । लुकाकुले ६२ औ मिनेटमा बराबरी गर्दा ८५ औ मिनेटमा वेर्नरले व्यक्तिगत दोस्रो तथा टीमका लागि तेस्रो गोल गरे । तर अतिरिक्त समयको चौथो मिनेटमा जेनिटका लागि मागोमेद ओजदोयेवले बराबरी गोल गर्दा शीर्ष स्थानमा पुग्ने चेल्सीको सपना पुरा हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *