माईजोगमाई अध्यक्ष कप : पाहुना टोली मानेभञ्ज्याङ सेमीफाइनल प्रवेश

इलाम । माईजोगमाई अध्यक्ष कपमा पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लब सेमीफाइन प्रवेश गरेको छ । इलामको माईजोगमाई गाउँपालिका–१ नयाँबजारस्थित बालागुरु खेल मैदानमा जारी प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा मानेभञ्ज्याङले झापाको गाडागल्ली इनोभेटिभ सोसाइटीलाई ३–२ गोलअन्तरले हराउँदै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।

खेलको सुरुवाती अग्रता मानेभञ्ज्याङले लिएको थियो । डिबक्सभित्र झापाका गोलरक्षकले फल गरेपछि पाएको मौकालाई कप्तान इलाले पेनाल्टी मार्फत गोल गरे । पहिलो हाफमा १–० ले पछि परेको झापाले दोश्रो हाफमा गोल फर्कायो । मौसमले अवरुद्ध बनेको खेलको ३५ औ मिनेटमा सब्स्टिच्युट खेलाडी पुजनले खेल बराबरीमा ल्याए ।

४३औं मिनेटमा झापाले अग्रता बनायो । अफ्रिकी खेलाडी योमेले गोल गर्दै झापालाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम समयमा मानेभञ्ज्याङका कप्तान इला र सुराग क्षेत्रीले गोल गरेपछि मानेभञ्ज्याङ ३–२ गोल अन्तरको जीत निकाल्दै सेमीफाइनलमा स्थान बनायो । झापा २ जना अफ्रिकी खेलाडीसहित मैदान उत्रिएको थियो । खेलको म्यान अफ दि म्याच सुराग क्षेत्री घोषित भए ।

प्रतियोगिताअन्तर्गत भाेलि २ वटा क्वाटरफाइनलका खेलहरू हुँदैछन् । पहिलो खेलमा रेडहर्ष इलाम र पाँचथर फुटबल क्लब भिड्दैछन् । दोश्रो खेलमा आयोजक रातो र जनता सेभेन सूर्योदय गरपालिका प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *