लागू औषधसहित ५ जना प्रक्राउ

पोखरा । पोखराबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । छुट्टाछुट्टै ठाउँमा गरिएको जाँचका क्रममा एकैदिन ५ जना पक्राउ परेका हुन् । पोखरा ५ मालेपाटनबाट गोरखाको पालुङटार घर भएका रोशन काराखेती, गोरखा आरुघाटका बुद्ध कार्की र खोटाङ जन्तेढुंगाका मिलन राई पक्राउ परेका छन् । उनीहहरूकाे साथबाट २७ एम्पुल लागूऔषध बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

त्यस्तै, पोखरा ८ सिर्जनाचोकबाट दुईजना पक्राउ परेका छन् । सिर्जनाचोकका स्थानीय विश्व गिरीको साथबाट १८ एम्पुल र छिनेडाँडाका सुनिल परियारको साथबाट ७५ एम्पुल लागूऔषध बरामद भएको प्रहरी प्रबक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

बुधबार नै पोखरा ९ पृथ्वीचोकबाट सुवास राना लागूऔषधसहित समातिएका छन् । माछापुच्छ्रे गाउँपालिका ४ घर भई पोखरा बस्ने उनलाई ४५ एम्पुल लागूऔषधसहित समातेको प्रहरीले जनाएको छ । एकैदिन ५५ एम्पुल डाईजापाम, ५५ एम्पुल नुर्फिन र ५५ एम्पुल फेनरागन बरामद भएको हो ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *