हेलिकोप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख रावतको निधन

रावतकी श्रीमतीसहित १३ जनाको निधन

काठमाडौँ । होलिकोप्टार दुर्घटनामा परेका भारत पहिलो सेनाध्यक्ष विपिन रावतको निधन भएको छ । बुधबार तमिलनाडूको कुन्नुरमा भएको हेलिकोप्टर दुर्घटनापछि अस्पताल पुर्‍याइएका उनको निधन भएको हो ।

रावतसँगै उनकी पत्नी मधुलिकाको समेत निधन भएको छ । भारतीय समाचार संस्थाहरूले जनाएअनुसार विपिन र मधुलिकासहित थप ११ जनाले दुर्घटनाकै कारण ज्यान गुमाएका छन् ।

रावतसहित सवार हेलिकोप्टर आज दिउँसो कुन्नुरमा दुर्घटनाग्रस्त भएको थियो । रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुख पदमा रहेका थिए ।

रावतकाे निधनपछि भारतीय विदेशमन्त्री एस जयशंकरले श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *