‘कठपुतली’ ट्रेलर

काठमाडौँ । हरर चलचित्र ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । युवराजको राजगद्दीको प्रेममा देखिने समस्या र सङ्घर्षको कथामा चलचित्र निर्माण भएको ट्रेलर हेरेर अनुमान लगाउन सकिन्छ ।

भीमसेन लामाले निर्देशन गरेको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापालगायतको अभिनय छ । यो चलचित्रको कथा सम्पदा मल्लले लेखेकी हुन् ।

पृथ्वी राना मगर निर्माता रहेको चलचित्रको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र पौष १६ गतेदेखि प्रदर्शन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *