हेलिकोप्टर दुर्घटनामा परेका रावतको अवस्था चिन्ताजनक, गरियाे अस्पताल भर्ना

काठमाडौँ । तमिलनाडूको कुन्नूरस्थित जंगलमा बुधबार हेलिकोप्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका भारतीय रक्षाप्रमुख विपिन रावतलाई अस्पताल भर्ना गरिएको छ । भारतीय सेनाको एमआई–१७ भी ५ हेलिकोप्टर दुर्घटनामा पर्दा रावत गम्भीर घाइते भएका थिए ।

होलिकोप्टरमा रावतसँगै उनकी पत्नी मधुलिकासमेत गरेर १४ जना सैन्य अधिकारीहरू थिए । भारतीय समाचारहरूकाअनुसार अहिलेसम्म ११ वटा शव भेटिएको घटनास्थलमा रहेका प्रहरीहरूले रिपोर्टिङ्ग गरेका छन् ।

दुर्घटनाको करिब एक घण्टापछि जनरल रावतलाई वेलिङ्गटनको सैनिक अस्पतालमा लगिएको छ । तर उनको अवस्था चिन्ताजनक छ । यसबारेमा भारतीय सेनाले कुनै आधिकारिक विज्ञप्ति भने जारी गरेको छैन ।

केही विवरणमा रावत गम्भीर घाइते रहेको बताइएको छ । घटनाका सम्बन्धमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकारी लिएका छन् । रावत भारतका पहिलो रक्षाप्रमुख हुन् । उनले १ जनवरी २०२० मा यो पद सम्हालेका थिए । रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुख पदमा रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *