भारतीय सेनाध्यक्ष रावत सवार हेलिकप्टर दुर्घटना

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । कन्नुर भन्ने स्थानमा सेनाध्यक्ष रावत सवार हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा सेनाध्यक्ष रावत र उनकी पत्नीसहित १४ जना सवार रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

दुर्घटनास्थल घना जंगलबीच भएकाले त्यहाँ वरिपरि आगोको लप्का देखिएको छ । दुर्घटनास्थलबाट चार जनाको शव फेला परेको छ। यसबारे भारतीय सेनाले कुनै वक्तव्य जारी गरेको छैन । हाल उद्धार कार्य चलिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *