टीका र लाछामार्फत विश्वमाझ नेपाल चिनाउँदै मिस नेपाल नम्रता

काठमाडौँ । यस वर्षको मिस वर्ल्ड प्रतियोगिता अमेरिकामा हुँदैछ । त्यहीँ रहेकी मिस नेपाल नम्रता श्रेष्ठले नेपालबारे प्रचारको भिन्न तरिका अपनाएकी छन् । उनले नेपाली महिलाले शृङ्गारको रूपमा प्रयोग गर्दै आएको टीका र लाछालाई आफ्ना समकक्षीमाझ उपहारस्वरूप वितरण गरेकी छन् । उनको उपहारलाई विभिन्न देशका सुन्दरीले पहिरिएका छन् र उनको उपहार प्रति कृतज्ञता जनाएका छन् ।

नम्रता स्वयम्‌ले आफ्नो कपालमा लाछा डोरी पहिरिएकी छन्, निधारमा टीका लगाएकी छन् र शरीरमा नेपालीपन झल्काउने भोटोलाई केही मोडर्न लुक्स दिने जिन्स लगाएकी छन् । उनी र उनका साथीहरू मौलिक नेपाली शृङ्गारमा रमाइरहेको भिडिओ उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

उनले साथीहरूलाई तितौरा पनि चखाएको देखिन्छ । ‘सो स्पाइसी’ भन्दै जिब्रो फड्कार्दै उनीहरूले खाइरहेका छन् । नुनिलो मन नपरेको बताउने साथीलाई उनी भोलि बिहान गुलियो तितौरा चखाउने बाचा पनि गर्दैछिन् ।

अङ्ग्रेजी भाषामा के भान्छा भन्ने खोजी नै नगरी उनी विदेशी साथीहरूलाई, टीका, लाछा डोरी, तितौरा, भोटोलगायत नेपाली शब्दसँग परिचित गराउँदैछिन् ।

तर दुखद् पक्ष, अघिल्लो वर्षमाझैँ मिस नेपाललाई मिस वर्ल्डमा सहभागी हुँदाझैँ चर्चा साथ दिएको देखिएको छैन । मल्टिमिडिया अवार्ड जित्न उनलाई भोटको खाँचो छ । यो अवार्ड जितेमा उनलाई मिस वर्ल्ड बन्नको लागि १० अङ्कको सहायता मिल्छ । यसको लागि उनले भोट अपिल पनि गरिरहेकि छन् । तैपनि पर्याप्त भोट न आएको उनको गुनासो छ ।

‘ब्युटी विद द प्रपोज’ विधामा नेपालले यसअघि नै ३ पटक उपाधि हात पारेको छ । यसपटकको नम्रताको प्रोजेक्ट पनि बलियो रहेको ठानिएको छ । धादिङको एक गाउँमा उनले झोलुङ्गे पुल निर्माण गरेकी छन् । यसलाई लिएर पनि उनी आशावादी देखिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *