विद्यार्थीको हत्यामा संलग्न २० जनालाई मृत्युदण्ड
२०७८ मंसिर २२ गते

ढाका । बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्डको सजाय सुनाएको सरकारी वकिलले एएफपी समाचार समितिलाई बताएका छन् ।
अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन कारावासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले बताएका छन् । एएफपी
२०७८ मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








