तत्काल हनिमुनलाई समय छैन : कट्रिना-विक्की

एजेन्सी । विक्की कौशल र कट्रिना कैफ विवाह बन्धनमा बाधिँदै छन् । उनीहरूले बिहीबार (डिसेम्बर ९) तारिख राजस्थानको सिक्स सेन्स फोर्टमा विवाह गर्न लागेका हुन् । यसैबिच, विवाह लगत्तै यी दुई हनिमुन नजाने खबरहरू आइरहेका छन् । बिहेपछि कट्रिनाले आफ्नो चलचित्र ‘मेरी क्रिसमस’को सुटिङ सुरु गर्ने बताइएको छ । विक्की कौशल निर्देशक दिनेश विजनको आगामी चलचित्रको छायांकनमा व्यस्त छन् । जसका कारण उनीहरूको हनिमुन स्थगित हुन सक्छ ।

रिपोर्टका अनुसार, कट्रिना कैफले विवाहको लगत्तै साउथका सुपरस्टार विजय सेतु पतिसँग डिसेम्बर १५ बाट मुम्बईमा निर्देशक श्रीराम राघवनको चलचित्र ‘मेरी क्रिसमस’ को छायांकन सुरु सुरु गर्नेछिन् । यो चलचित्रलाई रमेश तौरानीले निर्माण गरेका हुन् । कट्रिनाले यसअघि नै चलचित्र निर्माताहरूलाई आफ्नो समय दिएकी छन् । कट्रिना र विजयले सबैभन्दा पहिले भारतमा छायांकन पूरा गर्नेछन्, त्यसपछि चलचित्रको आउटडोर सेड्युल सुरु हुनेछ ।

कट्रिना प्रोफेसनल छिन् र ‘मेरी क्रिसमस’को छायांकन सोही समयमा गर्ने उनको निर्णय हो। योसँगै विक्की कौशलले पनि रमेश तौरानीलाई चलचित्रको लागि समय दिएका छन् । दुवै आफ्नो चलचित्र समयमै पूरा गर्न प्रतिबद्ध छन् । यस्तो अवस्थामा दुवैलाई विवाहपछि तुरुन्तै हनिमुनमा जान समस्या भइरहेको छ । दुवै आ–आफ्नो काम सकेर मात्रै हनिमुनमा निस्किने छन् । खबरअनुसार उनीहरू छायांकनको काम सकेर हनिमुनका लागि मालदिभ्स जान सक्ने बताइएको छ, जहाँ उनीहरू केही दिन मात्रै रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *