सकियो सुरक्षाको ‘बुलाकी’ छायांकन

काठमाडौँ । सुरु भएको २४ दिनमा चलचित्र ‘बुलाकी’ को छायाङ्कन सकिएको छ । लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्रको टिम दुई गीत छायांकन बाँकी राखेर डोल्पाबाट काठमाडौँ फर्किएको हो । सुरक्षा पन्त, नरेन खड्का, बिराज विष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीको मुख्य भूमिका रहेको चलचित्रमा मोती विष्टको प्रस्तुति र गोपाल विष्टको निर्माण रहेको छ ।

निर्देशक सुनारको लेखन र सौगात कँडेल सह–निर्माता रहेको चलचित्र शिव ढकालले खिचेका हुन् । जारी प्रथा कथाको रूपमा उठाएको चलचित्रमा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुल दीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा, सोनु सेढाई, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *