‘शीर्षस्थान’काे होडमा इन्टर मिलान र रियल म्याड्रिड

काठमाडाैँ । यूराेपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूहचरणकाे अन्तिम खेलमा समूह ‘डी’ काे विजेता बन्ने प्रतिस्पर्धामा इन्टर मिलान र रियल म्याड्रिड प्रतिस्पर्धा गर्दैछन् ।

खेल रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा नेपाली समयानुसार राति पौने दुई बजे शुरू हुनेछ । समूह ‘डी’ काे यो खेल दुवै टिमका लागि निकै महत्त्वपूर्ण छ ।  यसअघि नै नकआउट चरणमा पुगिसकेका दुवै टिमबीचको यो खेलमा जसले बाजी मार्छ, त्यो टिम समुह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्नेछ ।

अझ ‘स्पेनिस जाइन्टु’ रियल म्याड्रिडलाई बराबरी मात्रले पनि समूह विजेता बन्न पर्याप्त हुनेछ । समूहमा रियलले पाँच खेलमा १२ अंक बनाएको छ भने इन्टरको १० अंक छ । तर इटालियन क्लब इन्टर मिलानलाई भने जित्नैपर्ने दबाब छ । इन्टर सन् २०११-१२ को सिजनपछि पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको हो ।

यसअघि, समूहचरणकाे खेलमा घरेलु मैदानमा भएको खेलमा इन्टर एक शून्यले पराजित भएको थियो । च्याम्पियन्स लिगको समूहचरणमा रियल पछिल्ला ११ खेलमा अपराजित छ । उसले १० खेलमा जित निकाल्दा एक खेल बराबरी खेलेको छ । इन्टर अघिल्लो खेलमा साख्तर डोनेस्कसँग दुई शून्यकाे विजयी भएको थियो ।

प्रतियोगिताअन्तर्गत आज राति नै पोर्तोले एट्लेटिको मड्रिडसँग र पीएसजीले क्लब ब्रुगसँग खेल्नेछ । पीएसजीले यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको छ । अघिल्लो खेलमा पीएसजी म्यानचेस्टर सिटीसँग दुई एकले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =