अल्लु अर्जुन अभिनीत ‘पुष्पा’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । बहु प्रतीक्षित तेलुगु प्यान इन्डिया चलचित्र ‘पुष्पा’को ट्रेलर सार्वजनिक भएको छ ।

अल्लु अर्जुन अभिनीत चलचित्रको अन्य ४ भाषाका ट्रेलर सोमबार नै सार्वजनिक गरिएता पनि हिन्दी ट्रेलर भने मङ्गलवार सार्वजनिक गरिएको हो ।

पुष्पाले अल्लु अर्जुनलाई प्यान इन्डिया स्टारको रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।

एक्सन प्रधान चलचित्र डिसेम्बर १७ तारिखबाट विश्वभरका चलचित्र घरमा प्रदर्शन सुरु हुनेछ । सुकुमारले निर्देशन गरेको यो चलचित्रमा अल्लु अर्जुनका अलावा रश्मिका मन्दना, फहाद फासिल, सुनिल, राव रमेश लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *