नाडा निर्वाचन बिहीबार, चौधरी र थापा मध्ये कसले मार्ला बाजी ?

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि दुई ओटा प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षका उम्मेद्वार करण चौधरी र ध्रुव थापा प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । नाडाको ४५ औं साधारण सभा २२ मंसिर बुधबार हुने र त्यसको भोलिपल्ट २३ मंसिरमा बिहान ८ बजेदेखि बदिउँसो ३ बजेसम्म निर्वाचन कार्यक्रम अन्तर्गत मतदान हुने कार्यक्रम रहेको छ । यसका लागि नाडाले उम्मेदवारको अन्तिम नामावली समेत आइतबार नै प्रकाशित गरिसकेको छ ।

नाडा निर्वाचनका लागि अध्यक्षमा चौधरी र थापाले मात्रै प्यानल बनाएर उम्मेद्वारी दिएका छन् । त्यस्तै सदस्यमा ३४ जनाले उम्मेद्वारी दिएका छन् ।

चौधरी प्यानबाट सदस्यका उम्मेद्वारहरुमा राजनबाबु श्रेष्ठ, सुनील रिजाल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), अनुपकुमार बराल, विक्रम सिंघानिया, निलमणि पाठक (राम), प्रकाश कपुरी, मिलनबाबु मल्ल, अभिक ज्योती, पंकज अग्रवाल, निशान ढकाल, वरदान बस्नेत, गंगाराज भट्टराई, राजेन्द्रकुमार अग्रवाल, वर्ण न्यौपाने, गोपाल भट्टराई र देवराज भण्डारी रहेका छन् ।

थापा समूहबाट सदस्यमा उम्मेद्वारी दिनेहरुमा आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक कुमार अग्रवाल, कपिल सिवाकोटी शुभाषिश थपलिया, प्रदीप मान प्रधान, दिपककुमार खेतान, यमुना श्रेष्ठ, अमर ज्योती र रञ्जित, भवनाथ पाठक (बीएन पाठक), दिपेन्द्रकुमार मिश्र, नारायणप्रसाद पौडेल (राजन), नवराज भुषाल, रिद्दी कार्की, प्रकाश सिग्देल, प्रकाश सिग्देल र सगुनवीर सिं कंसाकार रहेका छन् ।

अध्यक्षका उम्मेद्वार मध्ये चौधरीले अब नवीन सोच र अवधारणा भएका ऊर्जाशील युवाले नाडालाई नयाँ नेतृत्वका साथै सही गन्तव्य दिन सक्ने भएको उम्मेदवारी दिएको मकालु खबरसँग बताएका छन् ।

अर्का अध्यक्षका उम्मेदवार थापाले भने हालसम्म नाडाको नेतृत्वले समेट्न नसकेका र मुलधारमा नल्याइएका अटोमोबाइल व्यवसायीहरुलाई मुलधारमा ल्याउन आफूले अध्यक्षको पदमा उम्मेदवारी दिएको बताएका छन् ।

निर्वाचनको मुखमा नाडामा जथाभावि सदस्यता वितरण गरिएको भन्दै आलोचना र विवाद समेत भइरहेको छ । साइकल व्यवसायीलाई समेत अटोमोबाइल व्यवसायीको सदस्य बनाइएको भन्दै विरोध भइरहेको छ । यस्तो अवस्थामा आउँदो बिहीबार हुने निर्वाचनको मत परिणामले नाडाको भविष्य बताउने कतिपय व्यवसायीले बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *