पाकिस्तानमा हेलिकोप्टर दुर्घटनामा दुई पाइलटको मृत्यु
२०७८ मंसिर २० गते

काठमाडौँ । पाकिस्तानको कब्जामा रहेको गिलगिट-बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकोप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ ।
इन्टर-सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए ।
दुर्घटनापछि खोजी र उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ । आईएसपीआरले दुर्घटनाको कारण बताएको छैन ।
जीबी ‘मुख्यमन्त्री’ खालिद खुर्सीद खानले विज्ञप्ति मार्फत घटनाबारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
घटनाको थप विवरण आउँन बाँकी छ ।
– रासस
२०७८ मंसिर २० गते
प्रतिक्रिया
सम्बन्धित








