सकियो लक्ष्मी र मुकुनको ‘विच्छेद’ छायांकन

काठमाडौँ । चलचित्र ‘विच्छेद’को छायांकन दुई वर्षपछि सकिएको छ । २०७६ चैत २५ गतेबाट सुरु भएको छायाङ्कनलाई कोरोना सङ्क्रमणले प्रभाव पारेको थियो ।

सत्यराज चौलागाईंको निर्देशनमा बनेको ‘विच्छेद’मा मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका छ । चलचित्रमा राज पण्डित, सुवास राई र साबी बज्राचार्यको लगानी रहेको यो चलचित्रमा सुषमा निरौला, प्रिया रिजाल, लय सङ्ग्रौला, हिउँवाला गौतम, सरिता राजोपाध्याय र जीवन थापाले समेत अभिनय गरेका छन् ।

सङ्कल्प भुजेलको छायांकन रहेको यो चलचित्रमा सुरज थापा र एसडी योगीको संगीत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *