मङ्सिर २३ बाट १९औँ किम्फ हुने

काठमाडौँ । १९ औँ काठमाडौँ अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) आयोजना हुने भएको छ । यही मङ्सिर २३ गते देखि २७ गतेसम्म चल्ने महोत्सवमा डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेसन गरी २८ देशका ६० भन्दा बढी चलचित्र देखाइनेछ । यस पटक अनलाइन र प्रत्यक्ष गरी मिश्रित दुई माध्यमबाट चलचित्रहरू देखाइनेछ । कार्यक्रम चलचित्र विकास बोर्डको सभाकक्षमा हुने आयोजकले जनाएको छ ।

‘जलवायु कर्म’ उपशीर्षक रहेको महोत्सवको उद्घाटन समारोहमा लद्दाखका पर्यावरणविद् सोनाम वाङ्चुकको उपस्थितिमा ‘ड्रीम माउन्टेन’ प्रदर्शन गरिनेछ । महोत्सवमा ‘ग्रिन ग्रोथ-ग्रिन रिकभरी’ अन्तर्गत लघु चलचित्रसँगै ‘कल टु एक्सन’अन्तर्गत टिकटक च्यालेन्ज र नेपाल पनोरमा अन्तर्गत केही चलचित्र  प्रस्तुत गरिनेछ ।

यस पटकको किम्फमा स्विजरल्यान्डका पत्रकार तथा पर्वतारोही मारियो कासेल, स्विजरल्यान्डकै पत्रकार तथा चलचित्र निर्माता क्यारोलिन फिङ्क र कलाकार तथा निर्देशक अनुप बराल निर्णायक मण्डलमा रहेका छन् ।

महोत्सवमा फोटोग्राफर सिरा क्रोवेलको मास्टर क्लास, नेपालमा मेरो खोज यात्रा (अनुवादित कृति) को लोकार्पण लगायत हुनेछ भने नेपालमा महिनावारीको अभ्यास र कोपिङ विथ क्लाइमेट कर्म शीर्षकमा संवाद र छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *