किन ‘किस सिन’ दिन चाहँदैनन् आलिया-रणवीर ?

एजेन्सी। रणवीर सिंह र आलिया भट्ट यति बेला आफ्नो आगामी चलचित्र ‘रकी और रानी की प्रेम कहानी’ लाई लिएर चर्चामा छन् । भारतीय सञ्चार माध्यमहरुकाअनुसार रणवीर र आलिया यस चलचित्रका लागि किस तथा इन्टिमेट सिन दिन चाहँदैनन् । रणवीर र आलिया आफ्ना पार्टनर दीपिका पादुकोण र रणवीर कपूरप्रति बफादार रहेकोले उनीहरू अब कुनै पनि चलचित्रमा अनस्क्रिन किसिङ दृश्यहरू गर्न चाहँदैनन् ।

यस अघि यी दुईले केही विज्ञापन र चलचित्रमा निकट सिन दिएको भए पनि अब भने उनीहरू यस प्रकारका सिन गर्न चाहिरहेका छैनन् । यसअघि रणवीर र आलियाले चलचित्र ‘गली ब्वाय’ मा किसिङ र इन्टिमेट सिन दिएका थिए ।

करण जोहर निर्देशित ‘रकी और रानी की प्रेम कहानी’ मा रणवीर र आलियाका अलावा धर्मेन्द्र, शबाना आजमी र जया बच्चन पनि मुख्य भूमिकामा देखिनेछन् । यो चलचित्रको छायांकन दिल्लीमा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *