रेखा थापाको पक्षमा दिपकराज गिरी

काठमाडौँ। कलाकार दीपकराज गिरीले अभिनेत्री रेखा थापा राप्रपाकाे महामन्त्रीमा उम्मेदवार बनेकोप्रति समर्थन जनाएका छन् । राप्रपाको अधिवेशनको अर्थ आफूलाई केही नभएपनि रेखाको उम्मेदवारीका बारेमा विभिन्न कोणबाट उठेका प्रश्नहरू अनावश्यक रहेको भन्दै गिरीले ती प्रश्नहरूको जवाफ पनि दिएका छन् ।

‘गणतन्त्रवादी रेखा कसरी राप्रपा ? भनेर प्रश्न गर्नेहरूलाई जवाफ दिँदै उनले भनेका छन्, ‘कांग्रेस एमालेमा पनि राजा ल्याउनु पर्छ भन्ने विचार राख्ने मान्छेहरू छन्, अब उनीहरू कांग्रेस वा एमाले हुन वा होइनन् ? त्यसै गरेर राप्रपा मा पनि त राजा ल्याउनु हुन्न भन्ने धार पनि होला वा हुन सक्छ नि ‘‘न रेखा त्यसमा पर्छिन् कि ?’

यस्तै उनले राप्रपा नेतृ तथा रेखाकी प्रतिस्पर्धी कुन्ती शाहीले ‘राजनीति फिल्म खेलेको जस्तो सजिलो छैन ‘ भन्ने अभिव्यक्ति दिएकोमा असन्तुष्टि व्यक्त गर्दै गिरीले फिल्म खेल्नुलाई कम नआँक्न चुनौती दिएका छन् ।

कलाकार गिरीकाे फेसबुक स्ट्याटस

आज म लेख्दैछू ……
राप्रपा को चुनाब मेरो लागि लुतो न कनाइ हो 
कलाकार रेखा थापा को उम्मेदबारी र यस सम्बन्ध मा भएका बहसबाजी को बारेमा केहि लेख्न मन लाग्यो, केहि उठेका प्रश्न हरू …
१)गणतन्त्रबादी रेखा कसरी राप्रपा ?
कॉग्रेस एमाले मा पनि राजा ल्याउनु पर्छ भन्ने बिचार राख्ने मान्छेहरू छन् ,अब उनिहरू कॉग्रेस वा एमाले हुन वा होइनन ?
त्यसै गरेर राप्रपा मा पनि त राजा ल्याउनु हुन्न भन्ने धार पनि होला वा हुन सक्छ नि ……न रेखा त्यसमा पर्छिन् कि ?
२) रेखा थापा लाइ कुन्ती शाह जी ले “ राजनीति ,फिल्म खेलेको जस्तो सजिलो छैन ”
भन्नु भएछ
, कस्ले भन्यो तपाइलाइ फिल्म खेल्न सजिलो छ भनेर… एकचोटी ट्राइ गरेर हेर्नु हुन्छ ? क्यामारा अगाडि तपाइको पसिना छुट्ने छ !!
संसारका सबै काम आ आफ्नो ठॉउमा गार्है नै हुन्छ
त्यसैले कुनै पेशा लाइ सजिलो ठान्ने काम नगरौ
हुनत: राप्रपा ले मेरो सिद्दान्त र बिचार लाइ प्रतिनिधित्व गर्दैन तथापि , मैले यो बोल्नै पर्छ एउटा कलाकार लाइ चुनाब जित्न का लागि सधै दलहरूले प्रयोग गर्दै आइरहेको र उनिहरूलाइ कुनै पनि महत्वपूर्ण जिम्मेवारी वा पदहरू वाट बन्चित गरिदैआइएको छ, यस्तो
परिप्रेक्ष्यमा रेखा थापाले महामंत्री जस्तो महत्वपूर्ण पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु लाइ मैले एक कलाकारको हिसाब ले स्वागत योग्य ठान्दछू र शुभकामना पनि दिन चाहन्छू !!
तैले सक्दैनस, यो तेरो काम होइन , तेरो अनुभव छैन …यि शब्दहरू तिन्ले प्रयोग गर्छन जो आफै असक्षम छन् !!
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *