कोरोनाभाइरसबाट रुसमा थप ३३ हजार सङ्क्रमित

रुसमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप झण्डै ३३ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य अधिकारीहरूले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा रूसमा ३२ हजार ९३० जना नयाँ सङ्क्रमित भएका हुन् ।

योसँगै कुल सङ्क्रमितको सङ्ख्या ९७ लाख ३६ हजार ३७ पुगेको अधिकारीले जनाएका छन् ।

नयाँ सङ्क्रमितमध्ये राजधानी मस्कोमा मात्रै सङ्क्रमित भएकाहरूको सङ्ख्या भने तीन हजार ३०४ रहेको छ ।

त्यसैगरी सोही अवधिमा देशभरी कोरोनाका कारण एक हजार २१७ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

रूसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कूल सङ्ख्या दुई लाख ७८ हजार ८५७ पुगेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएकामध्ये ३६ हजार ५१४ जना पछिल्लो २४ घण्टामा अस्पतालबाट घर फर्किएका छन् ।

योसँगै रूसमा कोरोनाभाइरसबाट सङ्क्रमुक्त भएकाहरुको कूल सङ्ख्या ८४ लाख ३६ हजार ६३१ पुगेको छ ।
रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *