क्रिष्टियानो रोनाल्डो : खेल-१०९७, गोल-८०१

काठमाडौँ । पोर्चुगलका कप्तान तथा म्यानचेस्टर यूनाइटेडका फरवार्ड क्रिस्टियानाे रोनाल्डो फुटबलमा ८०० गोलको काेशेढुङ्गा पार गर्ने विश्वको पहिलो खेलाडी बनेका छन् । बिहीबार राती आर्सनलसँगको खेलका क्रममा उनले ८०० गोलको काेशेढुङ्गा पार गरेका हुन् । म्यान-यूलाई ३-२ को जित दिलाउने क्रममा उनले २ गोल गरे । याेसँगै उनकाे गोल संख्या ८०१ पुगेको छ ।

३६ वर्षीय उनले यो कीर्तिमान बनाउन १०९७ खेल खेले । जसमा उनले सबैभन्दा धेरै गोल रियल म्याड्रिडबाट गरेका छन् । रियलबाट ४५० गोल गरेका उनले म्यानचेस्टर यूनाइटेडबाट १३०, युभेन्टसबाट १०१ र स्पोर्टिङ्ग लिसबन क्लबबाट ५ गोल गरे । उनले पोर्चुगलबाट ११५ गोल सम्भव बनाएका छन् ।

रोनाल्डोले यसै वर्ष विश्वको सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए । इरानका अली दाईका नाममा रहेको १०९ गोलको कीर्तिमान तोड्दै उनी सर्वाधिक अन्तराष्ट्रिय गोलकर्ता बनेका थिए ।

दाबी अरुका पनि, छैन आधिकारिक

रोनाल्डो सर्वाधिक गोलकर्ता भएको खबरसँगै चेक फुटबल एसोसिएसनले यो खबर सत्य नभएको दाबी गरेको छ । एसोसिएसनकाअनुसार जोसेफ बिकानले चेकोस्लाभाकिया र अस्ट्रियाका लागि खेलेर ८२१ गोल गरेका थिए । त्यो पनि आधिकारिक खेलहरूमा नै । त्यसो त उनले अन्य स्थानमा ८०५ गोल गरेको दाबी गरिन्छ ।

यद्धपि उनको यो उपलब्धिलाई पाखा लगाउन गैरआधिकारिक प्रतियोगिता खेलेको दाबी पनि गर्ने गरिएको छ ।

ब्राजिलियन लिजेन्ड पेले र रोमारियोले पनि १ हजारभन्दा बढी गोल गरेको दाबी गरिन्छ । तर उनीहरूकाे पनि आधिकारिक गोल संख्या ७०० मा झारिएको पनि बताउने गरिन्छ । पेलेले आधिकारिक रूपमा ७६९ गोल गरेका छन् भने रोमारियो र फेरेन्स पुस्कासले समान ७६१ गोल आधिकारिक रूपमा गरेका छन् ।

त्यस्तै रोनाल्डोलाई लियोनेल मेस्सीले गोलमा पछ्याइरहेका छन् । मेसीले ७५६ गोल गरेका छन् । अर्जेन्टीनी स्टार मेसीले अर्जेन्टिनाका लागि ८० गोल गर्दा बार्सिलोनाका लागि ६७२ र पीएसजीका लागि ४ गोल गरेका छन् ।

रोनाल्डोले ५ टीमविरुद्ध २० गोल भन्दा बढी गरेका छन् । जसमा सेभियाविरुद्ध २७, एट्लेटिको म्याड्रिड विरुद्ध २५, गेटाफेविरुद्ध २३ र बार्सिलोना र सेल्टाभिगोविरुद्ध समान २०/२० गोल गरेका छन् । उनले १९ विपक्षीविरुद्ध दोहोरो स्कोरमा गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *