करिश्मा मानन्धर कक्षा १२ मा उत्तीर्ण

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छन् ।

उनले ए प्लस ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् । मानन्धरले गोदावरीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी थिइन् ।

पढ्ने उमेरमा विद्यालय जान नपाएको भए पनि उनले बुढेसकालमा विद्यालय नै गएर अध्ययन गरिरहेकी छन् । अबको स्नातक तहको अध्ययन समेत उनले घर नजिक कै क्याम्पसबाट गर्नेछिन् ।

उनको सफलतामा चलचित्रकर्मीसँगै उनका फ्यानहरुले शुभकामना दिइरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *