रचना रिमालले गरिन् १२ कक्षा पास

काठमाडौँ । गायिका रचना रिमालले कक्षा १२ पास गरेकी छन् । उनले जिपिए ३.४४ सहित १२ कक्षा पास गरेको खबर सामाजिक संजाल मार्फत सेयर गरेकी छन् । कलेज नगए पनि उनले परीक्षा भने दिइरहेकी थिइन् । पढाइ पुरै नबिग्रिएको बताउँदै आएकी उनी आफ्नो यो सफलतामा दङ्ग देखिएकी छन् ।

सानैदेखि पढाइमा अब्बल उनी गायन रियालिटी शो नेपाल आइडलमार्फत चर्चामा आएकी थिइन् । नेपाल आइडलको टप ८ बाट बाहिरिएकी उनले त्यसपछि गायन क्षेत्रमा भने ठुलो फड्को मारेकी छन् । गायन क्षेत्रमा अघि बढ्दै गर्दा उनको पढाइ भने छायामा परेको भनेर चर्चा हुँदै आएको थियो ।

यो विषयलाई उनी स्वयमले पनि केही हदसम्म स्वीकारेकी छन् । दुईतिर हिँड्नु पर्ने भएकोले पढाइमा केही प्रभाव परेको उनको बुझाई छ । उनले कहिलेकाहीँ दिनमा ५ वटासम्म र सरदर दैनिक कम्तिमा एउटा गीत भने रेकर्ड गर्ने बताउँछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *