फ्राइडे रिलिज : ओभरडोज

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज मंसिर १७ गते नेपाली चलचित्र ‘ओभरडोज’ प्रदर्शनमा आएको छ । चलचित्र काठमाडौँ उपत्यका भित्र करिब २ दर्जन हलमा तथा उपत्यका बाहिर थप २ दर्जन हलमा लागेको चलचित्रका निर्माता तथा वितरक करण श्रेष्ठले बताएका छन् ।

बिहानको समयमा दर्शकको उपस्थिति सामान्य भए पनि दिउँसोका शोहरुबाट भिड बढ्ने उनको अपेक्षा छ । चलचित्रको ट्रेलर दर्शकले मन पराएकोले पनि चलचित्रले राम्रो व्यापार गर्नेमा श्रेष्ठ ढुक्क छन् ।

सुमन पौडेलको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा प्रनिसराज पन्त, सविन जङ्ग थापा र बिना श्रेष्ठ, गौरव गुरुङ, स्वामी डिलेलगायतको अभिनय रहेको छ । दादा प्रोडक्सन हाउसको निर्माण रहेको चलचित्रमा साजन कार्कीको सम्पादन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *