‘बाउन्सर’ अभिनेता गिरीले अब ‘बजरंगी’ सुरु गर्ने

काठमाडौँ । चलचित्र ‘बाउन्सर’ का अभिनेता प्रशान्त गिरी अमेरिकाबाट फर्किएर समाजसेवामा सक्रिय भएका छन् । उनले केही दिनअघि काभ्रे पुगेर आफूले अध्ययन गरेको विद्यालयलाई प्रिन्टिङ लगायतका सामाग्रीसहित विद्यालय रङ रोगन र सरसफाइका लागि ६० हजार नगद सहयोग गरेका छन् ।

नेपाल फर्केर गिरी पेट्रोलियम र रेस्टुरेन्ट व्यवसायमा समेत सक्रिय भएका छन् । उनी अब चाँडै चलचित्र निर्माण तथा अभिनयमा पनि फर्किने तयारीमा छन् ।

उनी बाउन्सर रिलिज लगत्तै निर्माण घोषणा गरेको चलचित्र बजरंगीको काम अघि बढाउने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *