चलचित्र निर्माणमा फर्किए छविराज ओझा

काठमाडौँ । बाघ निर्माता भनेर चिनिने छविराज ओझा चार वर्षपछि चलचित्र निर्माणमा फर्किँदैछन् ।

उनले चलचित्र मङ्गलम् पश्चात कुनै नयाँ चलचित्र निर्माण गरेका छैनन्  । मङ्गलम् सफल त भयो तर उनको व्यक्तिगत जीवनमा आएको उतारचढावको कारण उनले कुनै नयाँ काम सुरु गरेनन् । अब भने उनले नयाँ चलचित्रको तयारी सुरु गरेका छन् ।

उनले नयाँ चलचित्रको एक गीत रेकर्ड समेत गराएका छन् । गीतमा प्रविशा अधिकारी र डेविड शंकरको स्वर रहेको छ भने दीपक शर्माको शब्द तथा संगीत छ ।

हाल चलचित्रको स्क्रिप्टमा काम भइरहेको उनी निकट स्रोतले जनाएको छ । नवराज शर्माले निर्देशन गर्ने चलचित्र युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *